Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रोनाल्डोको शानदार पुनरागमन, पहिलो खेलमै युनाइटेडलाई जिताएर शीर्षस्थानमा उकाले

    रोनाल्डोको शानदार पुनरागमन, पहिलो खेलमै युनाइटेडलाई जिताएर शीर्षस्थानमा उकाले

    अनलाइन नेपाल
  • शनिबार, २६ भाद्र २०७८
  • 1.7K
    SHARES

    एजेन्सी – १२ वर्षपछि म्यानचेस्टर युनाइटेड फर्किएका क्रिस्टियानो रोनाल्डोले पहिलो खेलमै शानदार प्रदर्शन गरेका छन्। इंग्लिस प्रिमियर लिगमा शनिबार राति भएको न्यू क्यासलविरुद्धको खेलमा युनाइटेडले क्यासललाई ४–१ गोलले हराएको छ।

    युनाइटेडको जितमा रोनाल्डोले २ गोल तथा ब्रुनो फर्नान्डेस र जेस्से लिङ्गार्डले एक–एक गोल गरेका छन्। रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ थप गरिएको समयमा रोनाल्डोले टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए।
    पहिलो हाफमा एक गोलले पछि परेको क्यासल ५६ औं मिनेटमा खेलमा फर्किएको थियो। उसका लागि जेभियर म्यानक्वीलोले गोल गरेका थिए।



    त्यसको ६ मिनेटपछि नै रोनाल्डोले युनाइटेडलाई पुनः अग्रता दिलाए। उनले ६२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा टोलीले पुनः खेल आफ्नो कब्जामा ल्याएको थियो। त्यसपछि दुबै टोलीले केही राम्रा आक्रमणहरु बुनेपनि गोल भएको थिएन।



    युनाइटेडको जित पक्का गर्न फर्नान्डेसले ८० औं मिनेटमा गोल गरेका थिए। त्यसपछि टोलीलाई फराकिलो जित दिलाउन लिङ्गार्डले थप गरिएको समयमा गोल थपेका थिए। खेलमा युनाइटेडले निकै राम्रा सटहरु प्रहार गरेको थियो। रोनाल्डो टोलीमा फर्किएसँगै युनाइटेडको खेल आक्रामक बनेको छ।

    जितसँगै युनाइटेड तालिकाको शीर्षस्थानमा उक्लिएको छ। उसले ४ खेलबाट १० अंक जोडेको छ। आजै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटिलाई १–० गोलले हराएको छ। सिटीका लागि खेलको ६२ औं मिनेटमा बर्नान्दो सिल्भाले एकमात्र निर्णायक गोल गरेका छन्। जितसँगै सिटी ४ खेलबाट ९ अंकको साथ दोस्रो स्थानमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार