Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • वीरगञ्ज बम विष्फोट प्रकरण : घटनाका मुख्य अभियुक्त सार्वजनिक, जो जन्मकैदको सजाय मिनाहपछि थुनामुक्त भएका थिए

    वीरगञ्ज बम विष्फोट प्रकरण : घटनाका मुख्य अभियुक्त सार्वजनिक, जो जन्मकैदको सजाय मिनाहपछि थुनामुक्त भएका थिए

    अनलाइन नेपाल
  • सोमबार, २८ भाद्र २०७८
  • 2K
    SHARES

    वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले दुई वर्षअघि वीरगञ्जमा भएको बम विष्फोटको घटनाका मुख्य अभियुक्तलाई आज पक्राउ गरेर सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेमा विवेक सिंह उपनामले चिनिने ३३ वर्षीय फुलहसन अन्सारी रहेका छन् । अन्सारी २०७६ साउन २४ र २८ गते वीरगञ्जमा भएको बम विस्फोटको घटनाका मुख्य अभियुक्त रहेको प्रहरीले बताएको छ।



    जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेका अनुसार अन्सारीलाई सोमबार बिहान ४ बजे वीरगञ्ज महानगरपालिका–२४ रामगढवास्थित आफ्नो घर आउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।



    पक्राउ परेका अन्सारीले व्यापारीलाई धम्की दिने र फिरौती लिने जस्ता काम समेत गर्ने गरेको अनुसन्धानमा खुलेको एसपी पाण्डेले बताए । एसपी पाण्डेका अनुसार अन्सारीविरुद्ध विष्फोटक पदार्थ, हातहतियार तथा खरखजाना र संगठित अपराधसम्बन्धी मुद्दा पर्सा जिल्ला अदालतमा विचाराधीन रहेको छ ।

    त्यसअघि अन्सारी ०६५ पुस ७ गते वीरगञ्जका व्यापारी राजेश क्यालको गोली हानी हत्या भएको घटनामा संलग्न थिए । उनलाई प्रहरीले ०६५ पुष १६ गते घटनामा प्रयोग भएको हतियारसहित पक्राउ गरेको थियो । उनलाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।

    कैद भुक्तान गरिरहेको समयमा २०७४ सालको दशैँमा ५६ प्रतिशत कैद मिनाहा भई कारागार कार्यालय पर्साबाट थुनामुक्त भएका उनी पुनः आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीको रेकर्डमा देखिएको एसपी पाण्डे बताउछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार