Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • चाडपर्व लक्षित ट्राफिक योजना लागू :

    काठमाडौँका ४३ ठाउँमा चेकिङ, १४ स्थानमा यात्रु सहायता कक्ष

    काठमाडौँका ४३ ठाउँमा चेकिङ, १४ स्थानमा यात्रु सहायता कक्ष

    अनलाइन नेपाल
  • सोमबार, ४ असोज २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नजिकिंदै गरेको चाडपर्वलाई ध्यानमा राखेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ ।

    चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यसहित महाशाखाले ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्थाको विशेष सुरक्षा योजना सार्वजनिक गरेको हो ।



    महाशाखाका अनुसार सो योजना सोमबारदेखि नै लागू भएको छ । जसमा चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनिकरण तथा यात्रुलाई पर्न सक्ने विभिन्न समस्यालाई सम्बोधन गरी सहज यात्राको प्रबन्ध मिलाउन सुरक्षा योजना लागू गरिएको महाशाखाको भनाइ छ।



    यस्तै, ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गर्दै विभिन्न ४३ ठाउँहरुमा २४ सै घण्टा चेकिङ थालेको छ ।

    काठमाडौँ उपत्यका भित्रिने तथा बाहिरिने नाकाहरु थानकोट, नागढुंगा, जगाती, फर्पिङ, साँखु, बालाजुबाइपास, मुड्खु, टोखालगायतका क्षेत्रमा सबै प्रकारका सवारी साधनहरुलाई कडाइका साथ चेकजाँच गर्ने महाशाखाले जनाएको छ ।

    यसैगरी, लामो दुरीका सवारी साधनमा क्षमता भन्दा बढी यात्रु राखेको वा नराखेको, बढी भाडा लिएको वा नलिएको, चालकले मापसे गरे/नगरेको, चालकको अवस्था, स्वास्थ्य मापदण्ड पालना भए नभएको जाँच गर्ने महाशाखाले जनाएको छ ।

    यस्तै, चाडपर्वको बेला किनमेल गर्ने र उपत्यका छाड्नेको बाक्लो उपस्थिति हुने एरियामा थप जनशक्ति परिचालन गर्ने महाशाखाको योजना छ । विशेषगरी बसपार्क एरिया, उपत्यका प्रवेश गर्ने नाकाहरु, सपिङ कम्प्लेक्स तथा व्यापारिक केन्द्रहरुमा किनमेलका लागि आउने मानिस तथा सवारी साधनको बढी भीडभाड हुने स्थानहरूमा अतिरिक्त ट्राफिक प्रहरी जनशक्ति परिचालन गरिएको महाशाखाले जानकारी दिएको छ ।

    यता, चाडपर्वलाई लक्षित गरी महाशाखाले उपत्यकामा मात्रै १४ स्थानमा यात्रु सहायता कक्षहरु सञ्चालन हुनेछन् । नागढुंगा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँबसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जागती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष रहनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार