Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • गायिका इन्दिरा जोशीले सुटुक्क गरिन् इन्गेजमेन्ट, को हुन् उनका प्रेमी ?

    गायिका इन्दिरा जोशीले सुटुक्क गरिन् इन्गेजमेन्ट, को हुन् उनका प्रेमी ?

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असोज २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । गायिका इन्दिरा जोशीले हल्लाखल्ला नगरी इन्गेजमेन्ट गरेकी छन्। गायिका जोशीले खुम्बु पुगेर आफ्ना प्रेमीसँग ‘सुटुक्क’ इन्गेजमेन्ट गरेकी हुन्।

    उनले आफ्नो प्रेमीलाई औँठी लगाइदिएको भिडियो अहिले टिकटकमा भाइरल भइरहेको छ। उनले फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन्। इन्दिराले यसअघि आफू प्रेम सम्बन्धमा रहेको बताउने गरेकी थिइन्। तर, प्रेमीको नाम भने खुलाएकी थिइनन्।



    उनले इन्गेजमेन्ट भएकोबारे पनि आफैँले सार्वजिनक रूपमा अहिलेसम्म भनेकी छैनन्। उनीहरूको इन्गेजमेन्ट भएको भिडियो भने क्याप्टेन विवेक थापाको टिकटक अकाउन्टमार्फत सार्वजनिक गरिएको थियो। उनले ‘एक्स्कुलुजिभ’ लेखेर भिडियो सार्वजनिक गर्दै दुवै जनाको उज्वल भविष्यको कामना गरेका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार