Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रोचक बन्दै प्रिमियर लिग, अंक तालिकामा कुन टिमको अवस्था कस्तो ?

    रोचक बन्दै प्रिमियर लिग, अंक तालिकामा कुन टिमको अवस्था कस्तो ?

    अनलाइन नेपाल
  • आइतबार, १० असोज २०७८
  • 1.3K
    SHARES

    एजेन्सी – इंग्लिस प्रिमियर लिग घरेलु फुटबलको सबैभन्दा रोमाञ्चक, कठिन र प्रतिस्पर्धात्मक लिग मानिन्छ। प्रिमियर लिगका सबै टोलीको खेल उत्कृष्ट नै हुन्छ।

    यो लिगका टोलीलाई अंक तालिकाको आधारमा कमजोर वा बलियो मान्न सकिँदैन। तालिकामा पुछारमा रहेका टोलीले शीर्षस्थानको टोलीलाई सहजै हराएको थुप्रै उदाहरणहरु छ।



    लिगमा हालसम्म कुनै टोलीले ५ त कुनै टोलीले ६ खेल खेलेका छन्। लिभरपुल अहिले शीर्षस्थानमा छ। ६ खेलमध्ये ४ खेलमा जित निकालेकको लिभरपुल अपराजित रहेको छ। २ खेलमा बराबरी गरेको उसको १४ अंक छ।



    त्यस्तै लिगको दोस्रो स्थानमा म्यानचेस्टर सिटी छ। सिटीले समान खेलबाट १३ अंक जोडेको छ। उसले ४ खेलमा जित निकाल्दा एक खेलमा बराबरी र अर्को खेलमा हार बेहोरेको छ।

    चेल्सी प्रिमियर लिगको तेस्रो स्थानमा छ। सिटीसँग समान अंक भएपनि चेल्सी गोल अन्तरमा पछि परेको छ। त्यस्तै समान खेलबाट सिटी र चेल्सीसँग अंक बाबरीको गरेको म्यानचेस्टर युनाइटेड चौथो स्थानमा छ। समान अंककै साथ इर्भटन पाँचौं तथा एक खेल कम खेलेको ब्रिङ्ह्टन छैटौं स्थानमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार