Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • परराष्ट्रमन्त्री खड्कालाई शुभकामना दिँदै चिनियाँ विदेशमन्त्रीले भने- नेपालसँग मिलेर काम गर्न इच्छुक छौं

    परराष्ट्रमन्त्री खड्कालाई शुभकामना दिँदै चिनियाँ विदेशमन्त्रीले भने- नेपालसँग मिलेर काम गर्न इच्छुक छौं

    अनलाइन नेपाल
  • सोमबार, ११ असोज २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । उत्तरी छिमेकी मुलुक चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले नेपालसँग मिलेर काम गर्न इच्छुक रहेको बताएका छन् ।

    विदेशमन्त्री वाङ यीले नेपालका परराष्ट्रमन्त्री नारायण खड्कालाई शुभकामना तथा बधाईको सन्देश पठाउँदै नेपाल-चीन सम्बन्धलाई नयाँ उचाइमा लैजान इच्छुक रहेको प्रतिक्रिया दिएका हुन् ।



    सोमबार नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले ट्वीटमार्फत् यसबारे जानकारी दिँदै लेखेकी छन्, ‘चीनका विदेशमन्त्री वाङ यीले नेपालका परराष्ट्रमन्त्री नारायण खड्कालाई बधाइ सन्देश पठाउनुभएको छ । चीन-नेपाल सम्बन्धमा नयाँ प्रगतिलाई बढावा दिन आफ्ना समकक्षीसँग मिलेर काम गर्ने इच्छा व्यक्त गर्नुभएको छ ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार