Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सल्यानटारमा घरको कम्पाउण्डभित्र राखेको मोटरसाइकल चोरी, नराम्रो सपना सम्झेर फिर्ता गरे इनाम दिने घोषणा

    सल्यानटारमा घरको कम्पाउण्डभित्र राखेको मोटरसाइकल चोरी, नराम्रो सपना सम्झेर फिर्ता गरे इनाम दिने घोषणा

    अनलाइन नेपाल
  • आइतबार, १७ असोज २०७८
  • 4K
    SHARES

    धादिङ । आफ्नै घरको कम्पाउण्डभित्र लक गरेर राखेको मोटरसाइकल चोरी भएको छ ।

    जिल्ला सदरमुकाम धादिङबेशीबाट करिब ३० किमी उत्तरमा रहेको सल्यानटारस्थित माझगाउँका रामहरी भट्टराईको घरबाट २२० सीसीको ‘रातो प्लस कालो’ पल्सर बाइक चोरी भएको हो ।



    भट्टराईका अनुसार शनिबार राति १० बजेपछि उक्त बाइक चोरी भएको हो । ‘शनिबार राति दश बजेपछि हामी बाबु-छोरा घर आएर सदाझैं बाइक राख्यौं’,भट्टराईले अनलाइन नेपालसँग भने, ‘बिहान उठेर कार्यालय जान खोज्दा भेटिएन।’



    ‘राती बुवा उठेर हेर्दा बाइक देख्नु भएनछ । तर, उहाँले छोराले कसैलाई दिएछ भन्ने सोचेर नभन्नु भएछ’, भट्टराईले अघि भने, ‘बिहान उज्यालो भएपछि श्रीमतीले समेत बाइक नदेखेपछि बुवाले झैँ सोचिछिन्।’

    घटनापछि बिहान ९ बजेतिर प्रहरी चौकी सल्यानटारमा उजुरी गरिए पनि अहिलेसम्म कुनै खबर नआएको उनले बताए । बाइक चोरीपछि सामाजिक सञ्जालमार्फत् भट्टराईले सम्पूर्ण जिल्लाबासीलगायत सबैमा खोजेर सहयोग गरिदिन अनुरोध समेत गरेका छन्।

    साथै, लैजानेले एउटा नराम्रो सपना र अब्यवहारिक अभ्यास सम्झेर फिर्ता गरेमा इनाम दिइने पनि भट्टराईको भनाइ छ।

    यस्तो छ भट्टराईको मोटरसाइकलको बिवरण:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार