Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

    चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २० भाद्र २०७९
  • 792
    SHARES

    काठमाडौं । भक्तपुरको राधेराधेबाट चोरीको मोटरसाइकलसहित एकजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ बस्ने ३२ वर्षीय प्रभु बस्नेत रहेका छन् । बस्नेतलाई प्रहरीले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ राधेराधेबाट सोमबार पक्राउ गरेको हो ।



    बाग्मती प्रदेश ०२–०१५ प ८२ ७७ नम्बर रहेको मोटरसाइकलको नम्बर परिर्वतन गरी बाग्मती प्रदेश ०२– ०१५ प ०८५१ नम्बर राखेर मोटरसाइकल चलाउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।



    बाग्मती प्रदेश ०२–०१५ प ८२७७ नम्बरको मोटरसाइकल चोरी भएको भन्दै काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ बस्ने संग्रमसिंह दोङले प्रहरी वृत्त महाराजगञ्जमा निवेदन दिएका थिए । उनलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको ट्राफिक प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार