Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • चोरीका पाँच वटा मोटरसाइकलसहित ६ जना पक्राउ

    चोरीका पाँच वटा मोटरसाइकलसहित ६ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १ कार्तिक २०७९
  • 633
    SHARES

    पर्सा । पर्सामा चोरीका पाँच वटा मोटरसाइकलसहित ६ जना पक्राउ परेका छन् ।

    जिल्लाको वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थान र पर्साको पोखरिया नगरपालिकाबाट चोरिएका मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।



    पक्राउ पर्नेमा वीरगञ्ज-१३ का सुमित कुशवाहा, वीरगञ्ज-१२ का राजन मण्डल, अभय मण्डल, वीरगञ्ज-११ का नन्दन कुमार चौरसिया र वडा नम्बर १० का रिकी मण्डल रहेका छन् । यसैगरी पोखरिया नगरपालिका-६ का खरबुद आलमलाई सखुवा प्रसौनी गाउँपालिका-२ बाट पक्राउ गरिएको छ ।



    उनीहरु ६ जनालाई चोरी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार