Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ला लिगामा रियल मड्रिडको पहिलो हार

    ला लिगामा रियल मड्रिडको पहिलो हार

    अनलाइन नेपाल
  • सोमबार, १८ असोज २०७८
  • 1.1K
    SHARES

    एजेन्सी – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड स्पानोलसँग पराजित भएको छ। आइतबार राति भएको खेलमा रियल मड्रिड स्पानियोलसँग २–१ गोलले पराजित भएको हो।

    खेलको १७ औं मिनेटमा राउल थोमसले गोल गर्दै स्पानोललाई शुरुवाती अग्रता दिलाएका थिए। गोलमा पछि परेको रियल केही दबाबमा देखिएपनि पहिलो हाफमा थप गोल भएन।



    दोस्रो हाफमा ६० औं मिनेटमा स्पानोलले अग्रता दोब्बर बनायो। यसपटक टोलीका लागि अलेइक्स भिडालले गोल गरेका थिए। खेलको ७१ औं मिनेटमा रियलले खेलमा फर्किने संकेत देखायो। करिम बेन्जेमाले गोल गर्दै टोलीको हारलाई जोगाउन एक प्रयास गरे। तर थुप्रै आक्रमण बुनेपछि रियलले अर्को गोल गर्न सकेन र पराजित हुन पुग्यो।



    हारका बाबजुत रियल ८ खेलबाट १७ अंकका साथ शीर्षस्थानमा छ। समान खेल र समान अंकका साथ एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ। तेस्रो स्थानको रियल सोसिडाडको पनि ८ खेलबाट १७ अंक नै रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार