Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ओलीलाई सभामुखको जवाफ: पदीय जिम्मेवारी पूरा गर्नुपर्छ भन्नेमा सचेत छु

    ओलीलाई सभामुखको जवाफ: पदीय जिम्मेवारी पूरा गर्नुपर्छ भन्नेमा सचेत छु

    अनलाइन नेपाल
  • सोमबार, १८ असोज २०७८
  • 1.1K
    SHARES

    काठमाडौँ । सभामुख अग्‍निप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत रहेको बताएका छन् ।

    सोमबार संघीय संसद् सचिवालयमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख सापकोटाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पदीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै संसद् अवरुद्ध पारिरहेका यस्तो बताएका हुन्।



    कार्यक्रममा उनले आफुलाई इतिहासले संघीय संसद्को नेतृत्व गर्ने अवसर प्रदान गरेको र त्यसको आफूले दिल भित्रैबाट प्रण गरिरहेको बताए ।



    ‘अहिले मलाई इतिहासले संघीय संसद्को नेतृत्वमा, प्रतिनिधिसभाको सभामुखमा लगेर राखेको छ , सभामुख सापकोटाले भने, ‘म यो पदको लागि न्याय गर्नुपर्छ भन्ने कुरामा भित्रैदेखि प्रण गरिरहेको छु ।’

    यस्तै कार्यक्रममा सभामुख सापकोटाले गुणस्तरीय कानुन बनाउने र त्यसको कार्यान्वयन भए/नभएको अनुगमन गर्ने कामलाई पनि आफूले दृढताका साथ अगाडि बढाइरहेको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार