Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • प्रदेश २:

    मुख्यमन्त्री कार्यालय अगाडि ‘साइकल चोर–सरकार छोड’ भन्दै जनमत पार्टीद्वारा विरोध प्रर्दशन

    मुख्यमन्त्री कार्यालय अगाडि ‘साइकल चोर–सरकार छोड’ भन्दै जनमत पार्टीद्वारा विरोध प्रर्दशन

    उपमहानगरपालिका र खानेपानी कार्यालयमा तालाबन्दी

    अनलाइन नेपाल
  • सोमबार, १८ असोज २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको विरोध गर्दै जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

    सोमबार दिउँसो पार्टीका नेताकार्यकर्ताले प्रदेश २ सरकार भ्रष्ट भएको भन्दै सो पार्टीले मुख्यमन्त्रीको राजीनामा माग गरेको छ ।



    उनीहरूले ‘साइकल चोर– सरकार छोड् । भ्रष्ट सरकार–राजीनामा दे एक मधेशी जनता के भन्छ ? भ्रष्टाचारीलाई जेल दे भन्छ’ लगायतका नारा लगाउँदै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।



    मुख्यमन्त्री कार्यालय मातहत सञ्चालित ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’मा अनियमितता भएको उजुरी परेपछि १३ असोजमा प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको थियो ।

    २०७६ असार १६ गते मुख्यमन्त्रीको अध्यक्षतामा बसेको बैठकले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने निर्णय गरिएको थियो ।

    ९ करोड ८४ लाख १८ हजार मूल्यका १४ हजार थान साइकल २६२ विद्यालयका प्रधानाध्यापक वा विद्यालयका प्रतिनिधिलाई ८ कक्षामा पढ्ने छात्रा संख्याको आधारमा उपलब्ध गराएको थियो । त्यसक्रममा अनियमितता भएको कुरा महालेखा परीक्षकको प्रतिवेदनले समेत औंल्याएको छ ।

    उपमहानगरपालिका र खानेपानी कार्यालयमा तालाबन्दी

    जनमत पार्टीका कार्यकर्ताले जनकपुरधाम उपमहानगरपालिका र खानेपानी कार्यालयमा तालाबन्दी पनि गरेका छन् । सडक बनाउने नाममा खाल्डो खनेर छोडिदिएका कारण नगरको विभिन्न ठाउँमा पैदल हिँड्न समस्या भएपनि उपमहानगरपालिकाले ध्यान नदिएको उनीहरुको आरोप लगाएका छन् ।

    जनमत पार्टीका कार्यकर्ताले उपमहानगरपालिकाका मेयर लालकिशोर साह र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला समेत लगाएका छन् । ताला लगाउने क्रममा उनीहरुले न्यायिक समितिको कार्यकक्षमा तोडफोड गरेको उपमहानगरपालिकाका एक कर्मचारीले बताए ।

    यस्तै, जथाभावी सडक खनेर अलपत्र पारिएको भन्दै रमानन्द चोकस्थित नेपाल खानेपानी संस्थानको कार्यालयमा पनि जनमत पार्टीका कार्यकर्ताले ताला लगाएका छन् ।

    त्यसक्रममा अनियमितता भएको कुरा महालेखा परीक्षकको प्रतिवेदनले समेत औंल्याएको छ । यसअघि जनता समाजवादी पार्टीले दुईदिन प्रदेश २ का आठै जिल्लामा अख्तियारविरुद्ध प्रदर्शन गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार