Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सांसदको सिभिल फाइनान्सले यसरी ठग्यो १३७ जनाको ७० करोड, बैंकका अध्यक्षसहित १२ जना सार्वजनिक

    सांसदको सिभिल फाइनान्सले यसरी ठग्यो १३७ जनाको ७० करोड, बैंकका अध्यक्षसहित १२ जना सार्वजनिक

    अनलाइन नेपाल
  • मंगलबार, १९ असोज २०७८
  • 3K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले ७० करोड भन्दा बढि ठगी गरेको आरोपमा पक्राउ परेका सिभिल बैंकका अध्यक्षसहित १२ जनालाई सार्वजनिक गरेको छ । सिआईबीले सिभिल सेभिङ एण्ड क्रेडिट को(अपरेटिभ लिमिटेडका पूर्व र वर्तमान पदाधिकारीहरु पक्राउ गरेको हो । सिआईबीका अनुसार निक्षेपकर्ता सदस्यहरुले उक्त संस्थामा बचत तथा मुद्दती खाता खोली जम्मा गरेको रकमको साँवा तथा ब्याज रकम बचत तथा मुद्दती खाताको अवधी पुगीसकेपछी खाताबाट झिक्न नपाएपछि उजुरी गरेका थिए ।

    सिआईबीका प्रमुख डिआईजी धिरजप्रताप सिंहका अनुसार उनीहरुले १३७ जना वचतकर्ताहरुको बचत तथा मुद्दती खातामा रहेको कुल ७० करोड ८७ लाख १३ अजार ८२१ रुपैयाँ रकम संगठित रुपमा सहकारी ठगी गरेको खुलेको छ ।



    पक्राउ पर्नेहरुमा सिभिल सेभिङ एण्ड क्रेडिट को(अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष, पूर्व सभासद एवं सिभिल बैंकको अध्यक्ष इच्छाराज तामाङ, संचालक समितिको अध्यक्ष केशवलाल श्रेष्ठ, सहजकर्ता प्रबन्धक भगवान बहादुर सिंह, जुनियर असिसटेन्ट मेनेजर मायोनानी महर्जन, जुनियर असिसटेन्ट मेनेजर एलिना तुलाधर, जुनियर अधिकृत शंकर प्रसाद पाठक र असिसटेन्ट संगित श्रेष्ठ रहेका छन् ।



    त्यसैगरी लेखा अधिकृत राकेश महर्जन, जुनियर साहयक प्रबन्धकद्वय बुद्धराज तामाङ र कौस्तुभ केतन ढुंगाना, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजय विक्रम शाह र पूर्व लेखा समिति सदस्य हरिहर लामिछाने रहेका छन् ।

    निक्षेपकर्ता सदस्यहरुले आफ्नो रकम झिक्नको लागि पटक(पटक ताकेता गर्दा पनि सम्बन्धीत संस्थाका कर्मचारी तथा पदाधिकारीहरुले वेवास्ता गरेपछि उनीहरु प्रहरीको शरणमा पुगेका थिए । सिआईबीको अनुसन्धानमा सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडकले सर्वसाधारणको बचतको ठूलो हिस्सा सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ को प्राबधान विपरित एकै ब्यक्ति संस्थापक रहेको बिभिन्न परियोजनाहरुमा लगानी गरेको समेत खुलेको सिआईबीका प्रमुख डिआईजी सिंहले बताए । जसका कारण उक्त लगानीबाट प्राप्त लाभमाम चरम बेथिति बढ्दा निक्षेपकर्ताको रकम जोखिममा परेको खुल्न आएको पनि सिआईबीले जनाएको छ ।

    त्यसैगरी उक्त सहकारीले कर्जा लगानी गरी सम्पन्न गरेका बिभिन्न परियोजनाहरुबाट निर्माण गरिएका संरचनाहरु बिक्री गर्दा समेत निक्षेपकर्ताहरुलाई रकम फिर्ता नदिई विदेशी मुलुकमा पुर्याएर सम्पत्ति शुद्दिकरणको कसुर गरेको समेत खुल्न आएको छ । सहकारी ऐन २०७४ को दफा ९१२२० बमोजिमको कसूर गरेको देखिएको भन्दै सिआईबीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

    सिआईबीले उनीहरुमाथि थप अनुसन्धान र आवश्यक कानूनी कारवाही भईरहेको जानकारी गराउँदै अन्य निक्षेपकर्ता तथा सर्वसाधरणहरुले उक्त को(अपरेटिभबाट निक्षेप तथा ब्याज रकम नपाएको भए कानून बमोजिम आवश्यक थप कारवाहीको लागि ब्यूरोमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार