Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • टिकटक बनाउने भन्दै होटलभित्र पुरुषसँग बसेर बाहिरबाट ब्ल्याकमेलिङ गर्ने दुई महिला पक्राउ

    टिकटक बनाउने भन्दै होटलभित्र पुरुषसँग बसेर बाहिरबाट ब्ल्याकमेलिङ गर्ने दुई महिला पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १९ असोज २०७८
  • 2.7K
    SHARES

    काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले ठगी कार्यमा संलग्न रहेको आरोपमा दुई महिलालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरुमा काभ्रेपलान्चोक घर भइ हाल काठमाडौँको जडिबुटी र बानेश्वर बस्ने क्रमश: १९ बर्षीय उर्मिला भन्ने युनिसा मगर र २६ बर्षीय रोशनी भन्ने सुनिता तामाङ रहेकी छिन् ।



    महाशाखाका अनुसार पक्राउ परेका उनीहरुले दोलखा जिल्ला मेलुङ -४ घर भइ हाल काठमाडौँ बौद्ध बस्ने एक पुरुषलाई फोनमार्फत एयरपोर्ट बोलाई ट्याक्सीमा राखेर ललितपुर चापागाउँको खाजा कटेजमा लगेर टिकटक बनाउन्छु भन्दै सिक्री फ़ुत्काएका थिए।



    साथै, सिक्री फुत्क्याएपश्चात साथीको जन्मदिन मनाउन चपागाउँकै मोक्तान होटलमा लगेर यूनिसाले सुनिता र पुरुष ब्यक्तिलाई होटलको कोठाभित्र थुनेर बाहिरबाट ब्ल्याकमेलिङ गरेको अनुसन्धानमा खुल्न आएको महाशाखाले जनाएको छ।

    ब्ल्याकमेलिङ गर्ने कार्यमा संलग्न उनीहरूलाई महाशाखाबाट खटिएको प्रहरीको टोलीले काठमाडौँको गोंगबुबाट सोमबार पक्राउ गरेको हो । उनीहरुलाई ठगी सम्बन्धि कसुर मुद्दामा थप अनुसन्धान एंव कारबाहीका लागि महानगरीय प्रहरी परिसर जवालाखेल, ललितपुर पठाईएको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार