Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

    नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असोज २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको सपथ लिएका छन् ।

    शुक्रबार शीतल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन्।



    सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए ।



    राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम नियुक्ति हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेकी हुन्।

    देउवाले झण्डै ३ महिनापछि शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।  देउवाले शुक्रबार १६ जना मन्त्री र २ जना राज्यमन्त्री नियुक्त गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार