Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अपराध महाशाखाद्वारा ठूलो मात्रामा विष्फोटक पदार्थ बरामद

    अपराध महाशाखाद्वारा ठूलो मात्रामा विष्फोटक पदार्थ बरामद

    अनलाइन नेपाल
  • आइतबार, २४ असोज २०७८
  • 2.7K
    SHARES

    काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले अवैध रुपमा पटका, आतिसबाजी जन्य पदार्थको भण्डारण गर्ने कार्यमा संलग्‍न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा गढिमाई न.पा. ३, गञ्जभवानीपुर, बारा घर भइ हाल ललितपुर कुपण्डोल बस्दै आएका ३० वर्षीय उमेश कुमार जैसवाल रहेका छन् ।



    जैसवालले विभिन्‍न मितिमा उपत्यका बाहिरबाट गैरकानुनी रुपमा लुकाइ-छिपाइ पटाका, भुइचम्पालगायतका आतिसवाजीजन्‍य विष्फोटक पदार्थहरु विजया दशमी तथा दीपावलीलाई लक्षित गरी भण्डारण गरेको महाशाखाको दाबी छ ।



    महाशाखाका अनुसार उनको साथबाट १४९४ के.जी. (अन्दाजी मुल्य रु. २० लाख) बराबरको विस्फोटक पदार्थ बरामद गरिएको छ।

    पक्राउ परेका उनीमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विस्फोटक पदार्थ सम्बन्धित कसुर अन्तर्गतको मुद्दामा आवश्‍यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको अपराध महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार