Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • पोखरामा विष्फोटक पदार्थ पड्किँदा २ जना घाइते

    पोखरामा विष्फोटक पदार्थ पड्किँदा २ जना घाइते

    अनलाइन नेपाल
  • बुधबार, १० फाल्गुन २०७९
  • 513
    SHARES

    पोखरा । पोखरा ३३ ठूलढुंगा नजिक जंगलमा विस्फोटक पदार्थ भेटिएको छ । जंगलमा भेटिएको विस्फोटक पदार्थ खेलाउँदा पड्किएर २ जना घाइते भएका छन् ।

    घाइते हुनेमा १५ वर्षका माइकल चौधरी र १३ वर्षका सवीन तामाङ छन् । उनीहरूले भेटिएको विस्फोटक पदार्थ घरमा लगेर किला ठोकेपछि पड्किएको कास्की प्रहरीले जनाएको छ ।



    दुवै जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।



    विस्फोटक पदार्थ कहाँ र कस्तो अवस्थामा थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार