Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पासो लगाएर मरेको डोरी महंगोमा विक्री हुन्छ भन्दै महिलाको हत्या गर्ने ३ जना पक्राउ

    पासो लगाएर मरेको डोरी महंगोमा विक्री हुन्छ भन्दै महिलाको हत्या गर्ने ३ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २४ असोज २०७८
  • 4.4K
    SHARES

    काठमाडौं। महानगरीय अपराध महाशाखाले मानिसले पासो लगाएर मरेको डोरी महंगोमा विक्री हुन्छ भन्दै महिलाको हत्या गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरुमा मोरङ पथरी शनिस्चरे नगरपालिका–८ मंगलबारे घर भई हाल ललितपुर–२८, हरीसिद्धि बस्ने २० बर्षीय सुमन मगर, मकवानपुर, रक्सिराङ गाउँपालिका–५, प्याङचे टोल घर भई ललितपुरकै हरिसिद्धि, नयाँबस्ती बस्ने २३ बर्षीय सबिन प्रजा र उनकी श्रीमती १८ बर्षिया प्रविना प्रजा माझी रहेका छन्।



    गत भदौं २५ गते बिहान ललितपुर–२७ सुनकोठीमा नुवाकोट बेलकोट गढीकी ४५ बर्षीय कमला तामाङको डोरीले घाँटी कसेर हत्या भएको थियो । सोही घटनाको सम्बन्धमा खटिएको महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा पहिला सुमन पक्राउ भएपछि उनको बयानका आधारमा प्रजा दम्पती पनि पक्राउ परेको महाशाखाले जनाएको छ।



    महाशाखाका अनुसार अनुसन्धानका क्रममा घटनामा संलग्न सबिन प्रजा र सुमन मगरले मानिस पासो लागी मरेको डोरी, राम लक्ष्मण र हनुमान भएको पुराना सिक्का (पैसा), दाहिने शंख, चट्याङ परेको ढुङ्गालगायतका वस्तुहरू महत्वपुर्ण हुने र करोडौं रुपैंयामा बिक्री हुने भन्ने कुराहरू सुनेका थिए । सोही अन्धविश्वासमा परेर त्यस्तो डोरी ल्याएर करोडौं कमाउने उद्देश्यले उनीहरुले कमलाको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको  छ।

    तामाङलाई भदौं २४ गते साँझ हात बाँधेर घाँटीमा डोरीले कसेर हत्या गरेको र हत्यापश्चात मृतकको कानमा लगाएको गहना र मोबाइल समेत बोकेर फरार रहेको महाशाखाले जनाएको छ ।

    उनीहरुलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त चापागाउँ, ललितपुर पठाइएको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार