Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • फाइनलमा पुगेको नेपाली टिमलाई यसरी सम्झिए प्रधानमन्त्री देउवाले

    फाइनलमा पुगेको नेपाली टिमलाई यसरी सम्झिए प्रधानमन्त्री देउवाले

    अनलाइन नेपाल
  • बुधबार, २७ असोज २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । इतिहासमा पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई ज्ञापन गरेका छन् ।

    बुधबार भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको हो ।



    बुधबार साँझ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटमार्फत नेपाली टिमलाई बधाई दिएका हुन् । उनले आगामी खेलका लागि शुभेच्छासहित नेपाली टिमलाई प्रोत्साहन पनि प्रदान गरेका छन् ।



    उनले सामाजिक सञ्जाल ट्वीटमा भनेका छन्
    हार्दिक बधाई तथा शुभकामना !

    साफ फुटवल प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा पुगेको नेपाली फुटवल टोलीका सम्पुर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई बधाई तथा आगामी खेलको लागि सुभेच्छा सहित प्रोत्साहन दिन चाहान्छु ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार