Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मुख्यमन्त्री आचार्यले विश्वासको मत माग्दै, यस्तो छ अंकगणित

    मुख्यमन्त्री आचार्यले विश्वासको मत माग्दै, यस्तो छ अंकगणित

    अनलाइन नेपाल
  • शुक्रबार, ५ कार्तिक २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    मोरङ — प्रदेश १ का मुख्यमन्त्री मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिँदैछन्। उनले शुक्रबारको प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने भएका छन्।

    प्रदेशसभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्दैछ।



    दल विभाजित भए ३० दिनभित्र विश्वासको मतका लागि प्रदेशसभासमक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले विश्वासको मत लिन लागेका हुन्।



    मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त गर्न ४६ सांसद आवश्यक हुन्छ।

    ९२ सदस्यीयमा एमालेका सभामुखसहित ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १–१ जना सांसद छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार