Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बायर्न म्युनिखको लाजमर्दो हार : ५ गोल खाँदा एक गोल पनि फर्काउन सकेन

    बायर्न म्युनिखको लाजमर्दो हार : ५ गोल खाँदा एक गोल पनि फर्काउन सकेन

    अनलाइन नेपाल
  • बिहिबार, ११ कार्तिक २०७८
  • 1.3K
    SHARES

    एजेन्सी – डिएफबी कप अन्तर्गत बुधबार भएको खेलमा बोरुसिया मोन्चेनग्लाडबाकसँग बायर्न म्युनिखको लज्जास्पद हार भएको छ। मोन्चेनग्लाडबाकले बायर्नलाई ५–० गोलको फराकिलो अन्तरले हराएको हो।

    मोन्चेनग्लाडबाकको जितमा ब्रिल एम्बोलो र रामी बेन्सबाइनिले २–२ तथा कउडियो कोनेले १ गोल गरे। खेलको दोस्रो मिनेटमा नै घरेलु टोली ग्लाडबाकले अग्रता लिएको थियो। ब्रिल एम्बोलोको पासमा कोनेले गोल गरे।



    १५ औं मिनेटमा रामी बेन्सबाइनिको प्रहार गोलरक्षक म्यानुएल नोएरले बचाउन नसक्दा ग्लाडबाकले अग्रता दोब्बर बनायो। खेलको २१ औं मिनेटमा बेन्सबाइनिले पेनाल्टीमार्फत गोल गर्दै मोन्चेनग्लाडबाकलाई ३–० ले अघि बढाए।



    ५१ औं मिनेटमा डायोट उपामेकानोको गल्तीको फाइदा उठाउँदै एम्बोलोले गोल गरे। ५७ औं मिनेटमा एम्बोलोले नै एकल प्रयासमा गोल गर्दै ५–० ले अघि बढाए। पहिलो हाफदेखि लगातार खेलमा फर्कन प्रयास गरेको बार्यनले एक गोल गर्न सकेन।

    यस प्रतियोगितामा बायर्नविरुद्ध कुनैपनि टोलीले हासिल गरेको सबैभन्दा ठूलो जित यही हो। बायर्न लगातार दोस्रो सिजन प्रतियोगिताको सुरुवाती चरणमा नै बाहिरिन पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार