Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • सिनामङलमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

    सिनामङलमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

    अनलाइन नेपाल
  • बिहिबार, ११ कार्तिक २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । काठमाडौँको सिनामङ्गलमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल सडकमा बा४ख ८७२५ नम्बरको टिपरले बा२–०३०प ९४० नंको मोटरसाइकललाई ठक्कर दिँदा पर्साका २५ वर्षीय सुनिलप्रसाद महतोको मृत्यु भएको हो ।



    दुर्घटनामा गम्भीर घाइते महतोको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचारका क्रममा आज बिहान मृत्यु भएको सिनामंगल प्रहरी कार्यालयले जनाएको छ ।



    दुर्घटनामा मोटरसाइकलमा सवार रामेछाप घर भई भक्तपुर बस्ने ३० वर्षीय अम्बरबहादुर पहरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार