Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • इन्धनको मृल्यवृद्धि तत्काल फिर्ता गर्न अनेरास्ववियुको माग

    इन्धनको मृल्यवृद्धि तत्काल फिर्ता गर्न अनेरास्ववियुको माग

    अनलाइन नेपाल
  • शनिबार, १३ कार्तिक २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले इन्धनमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ ।

    पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सबै क्षेत्रको महँगी बढ्न गई सेवाग्राही र जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरिएको छ ।



    अनेरास्ववियुको अध्यक्ष सुनिता बरालले जारी गरेको विज्ञप्तिमा जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष सरोकार राख्ने वस्तुसँग सरकार गम्भीर हनुपर्ने बताइएको छ । सरकारले शुक्रबार रातिदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको हो । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।



    अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकाले घाटा कम गर्न निगमले स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको रु १३३ कायम गरेको छ ।

    त्यसैगरी डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर रु तीनले बढेर रु ११६ कायम गरेको छ । एलपी ग्यासमा साविक बिक्री मूल्यमा प्रति सिलिण्डर रु ५० वृद्धि गरी एक हजार ५०० कायम गरिने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार