Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कोप सम्मेलनमा बाइडेनद्वारा जिनपिङ र पुटिनको चर्को आलोचना

    कोप सम्मेलनमा बाइडेनद्वारा जिनपिङ र पुटिनको चर्को आलोचना

    अनलाइन नेपाल
  • बुधबार, १७ कार्तिक २०७८
  • 1.3K
    SHARES

    एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तनसम्बन्धी कोप-२६ सम्मेलनमा चीन र रुसका नेता अनुपस्थित भएको भन्दै आलोचना गरेका छन्।

    मङ्गलवार राति कोप-२६ मा बोल्दै बाइडनले जलवायु ‘एउटा ठूलो मुद्दा’ भएको र चीन त्यसबाट टाढिएको बताएका हुन्। उनले त्यस्तै व्यवहार रुस र त्यहाँका राष्ट्रपति पुटिनले पनि देखाएको आरोप लगाए।



    ग्लास्गोमा नोभेम्बर १४ अर्थात् दुई सातासम्म चल्ने सम्मेलनमा चीन र रुस दुवै देशका राष्ट्रपति अनुपस्थित छन्। तर दुवै देशले वार्ताका लागि आफ्ना प्रतिनिधि भने पठाएका छन्।विश्वमा कार्बन डाइअक्साइड सबैभन्दा धेरै उत्सर्जन गर्ने देशमा चीन र त्यसपछि अमेरिका पर्छ। रुस भने युरोपेली सङ्घ र भारतपछि पाँचौ स्थानमा पर्छ। यो सम्मेलनका लागि विश्वका १२० भन्दा बढी मुलुकका नेताहरू उपस्थित भएका छन्।



    देशहरूले सन् २०३० सम्ममा वनविनाश अन्त्य गर्ने र त्यही वर्षभित्र मिथेन ग्यासको उत्सर्जनलाई पनि सीमित गर्ने विश्वव्यापी प्रतिबद्धतामा सहमति जनाएका छन्।वनविनाश अन्त्य गर्ने प्रतिबद्धतामा चीन र रुस दुवैले हस्ताक्षर गरेका छन्।

    बाइडनले मङ्गलवार सम्मेलनमा बोल्न सुरु गर्नुअघि रुसी राष्ट्रपतिले कोप२६ मा वन व्यवस्थापनसम्बन्धी बैठकलाई भर्चुअल रुपमा सम्बोधन गरेका थिए।  क्रेमलिनले जारी गरेको विज्ञप्ति अनुसार पुटिनले रुसले वनको संरक्षण सशक्त र जोडदार रुपमा गर्ने बताए।

    अहिलेसम्मका वार्तामा चीन, रुस र साउदी अरेबियालगायतका देशले अहिलेसम्म कस्तो भूमिका खेले भन्नेबारे सोधिएको प्रश्नको जवाफ दिने क्रममा अमेरिकी राष्ट्रपतिले रुस र चीनबारे त्यस्तो टिप्पणी गरेका हुन्।

    चिनियाँ राष्ट्रपतिको अनुपस्थितिलाई बाइडनले ठूलो गल्ती भनेका छन्। बाइडनले पुटिनबारे पनि त्यस्तै धारणा राख्दै रुसको जङ्गल क्षेत्र डढिरहेको र त्यहाँका राष्ट्रपति त्यस्तो मुद्दाबारे मौन बसेको आरोप लगाए। पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले राष्ट्रपति किन उपस्थित हुन सक्दैनन् भन्नेबारे कुनै कारण दिएनन्।

    अक्टोबर महिनामा नै अधिकारीहरूले चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि उपस्थित नहुने ठानिएकोबारे यूकेका प्रधानमन्त्री बोरिस जोनसनलाई सचेत गराएका थिए।सन् २०२० को सुरुदेखि नै राष्ट्रपति सी चीनबाट बाहिर कतै नगएको ठानिएको छ।

    गत सेप्टेम्बरमा राष्ट्रपति सीले सन् २०६० सम्ममा कार्बन न्यूट्रल अर्थात् जति कार्बनडाइअक्साइड उत्सर्जन हुन्छ त्यतिनै मात्रामा कार्बनडाइअक्साइड वातावरणबाट सोस्ने अवस्थामा चीनलाई पुर्‍याउने घोषणा गरेका थिए। -बिबिसीबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार