Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • बेलायती महारानीलाई भेटे बाइडेनले

    बेलायती महारानीलाई भेटे बाइडेनले

    अनलाइन नेपाल
  • सोमबार, ३१ जेष्ठ २०७८
  • 2.4K
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले बेलायती महारानी एलिजाबेथ द्वितियसँग भेट गरेका छन् ।

    विण्डसोर कासलमा आइतबार भेटवार्ता भएको हो । राष्ट्रपति जो र प्रथम महिला जिललाई गाण्ड अफ अनर प्रदान गरिएको थियो । यस्तै उनीहरुले महारानी एलिजाबेथसँग चिया पनि पिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।



    भेटपछि राष्ट्रपति बाइडेनले महारानी एलिजाबेथले आफ्नी आमाको सम्झना आएको बताए । उनले महारानी एलिजाबेथलाई आमा जस्तै लागेको उल्लेख गरेका हुन् । महारानीलाई ह्वाइट हाउस भ्रमणको निम्ता दिएको पनि बाइडेनले बताएका छन् ।



    विकसित देशहरुको जी सेभेन सम्मेलनपछि बाइडेनले महारानीसँग भेटवार्ता गरेका हुन् । यसअघि शुक्रबार पनि जो र जिलले महारानीसँग भेट गरेका थिए ।

    जो र जिलसँग महारानी एलिजाबेथले झण्डै ४० मिनेट भेटवार्ता गरेकी हुन् । महारानीसँग रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा चिनियाँ राष्ट्रपति सी जिनपिङबारे पनि कुरा भएको बाइडेनले बताएका छन् ।

    ९५ वर्षीया महारानी एलिजाबेथले पहिलो पटक सन् १९५१ मा राजकुमारी रहँदा अमेरिकी राष्ट्रपति ह्यारी एस ट्रुम्यानलाई भेटेकी थिइन् ।

    त्यसयता उनले ६९ वर्षको आफ्नो राजगद्दी अवधिमा अमेरिकाका १४ अमेरिकी राष्ट्रपतिलाई भेटेकी छिन् । उनले अमेरिकी राष्ट्रपति लिण्डन बी जोन्सनसँग भने भेटवार्ता गरेकी थिइनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार