Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • रक्सी ल्याउन नपाउँदा कर्मचारी कुट्ने पर्यटन बोर्डका सीईओलाई ५ हजार जरिवाना

    रक्सी ल्याउन नपाउँदा कर्मचारी कुट्ने पर्यटन बोर्डका सीईओलाई ५ हजार जरिवाना

    अनलाइन नेपाल
  • सोमबार, २२ कार्तिक २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । तोकिएको परिमाण भन्दा बढी रक्सी ल्याउन नपाउँदा कर्मचारी कुट्ने पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मीलाई ५ हजार जरिवाना गरिएको छ। साथै उनले ल्याएको बढी रक्सी पनि जफत गरिएको छ ।

    भाइटीकाको दिन बिहान लन्डनबाट नेपाल आएका सीईओ रेग्मीले नियम विपरीत ६ वटा रक्सीका बोतल ल्याएका थिए ।



    उनले ड्युटी फ्रीबाट रक्सी तोकेभन्दा धेरै ल्याएको भेटिएपछि विमानस्थलमा कार्यरत भन्सारका नासु सुमन थापाले रोकेका थिए ।



    चेकजाँचका क्रममा थापाले ६ बोतल मदिरा देखेपछि साथमा कतिजना हुनुहुन्छ भन्दै रेग्मीलाई सोधेको र प्रश्न सुन्नेबित्तिकै रेग्मीले थापामाथि हातपात गरेका थिए।

    भन्सार ऐन अनुसार विदेशबाट फर्किनेले प्रतिव्यक्ति १ लिटर मदिरा ल्याउन पाउँछ । तर, ५ बोतल बढी भएपछि रेग्मीलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको हो।

    लामो समयदेखि विवादमा रहँदै आएका रेग्मीलाई नेकपा एमालेका नेता योगेश भट्टराईले आफू पर्यटनमन्त्री भएका बेला बोर्डको सीईओमा नियुक्त गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार