Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • म्यानमार–भैरहवा सिधा उडान गर्ने पर्यटन बोर्डको तयारी

    म्यानमार–भैरहवा सिधा उडान गर्ने पर्यटन बोर्डको तयारी

    अनलाइन नेपाल
  • बुधबार, ६ बैशाख २०८०
  • 546
    SHARES

    काठमाडौं । नेपाल पर्यटन बोर्डले म्यानमारबाट गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सिधा हवाई सेवा संचालनको लागि पहल थालेको छ ।

    नेपाल पर्यटन बोर्डको पहलमा दुई देश बीचको सिधा हवाई उडानका लागि उच्चस्तरीय छलफल सुरु भएको हो ।



    बोर्डले नेपालका लागि म्यामारका राजदूत र म्यामारका लागि नेपाली राजदूत, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका उच्च अधिकारी,लुम्बिनी विकास कोषका पदाधिकारी तथा म्यानमार नेशलन एअरलाइन्सका कार्यकारी प्रमुख सहित सरोकारवालासँग काठमाण्डौमा उच्चस्तरिय छलफल गरेको छ ।



    बौद्ध धर्मावलम्बी भएको देश म्यानमारबाट सिधा उडान गर्न सके लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्न सहयोग मिल्ने अपेक्षासहित बोर्डले यो पहल गरेको हो ।

    छलफलका क्रममा नेपाली पक्षले म्यानमारबाट भैरहवा सिधा उडानका लागि म्यानमार तयार रहे आवश्यक सहयोगका लागि नेपाल तयार रहेको बताउँदै म्यानमारको टोलीलाई थप प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार