Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • पर्यटन बोर्डको सीइओ नियुक्ति प्रक्रिया अघि नबढाउन अदालतको आदेश

    पर्यटन बोर्डको सीइओ नियुक्ति प्रक्रिया अघि नबढाउन अदालतको आदेश

    अनलाइन नेपाल
  • बुधबार, १२ बैशाख २०८१
  • 216
    SHARES

    काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ती सिफारिश प्रक्रिया तत्काल अघि नबढाउन उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

    उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलाशले यस्तो आदेश दिएको हो ।



    बोर्डको सीइओ छनौट प्रक्रिया गैरकानुनी भएको भन्दै बोर्डका ११ जना कर्मचारी उच्च अदालत पाटन पुगेका थिए ।



    उनीहरुले बोर्डको कार्यकारी समितिका सदस्यहरु मिलन देवकोटा, मदनकुमार आचार्यको मनोनयन गैरकानूनी भएकाले उनीहरु सम्मिलित कार्यकारी छनौट उपसमितिसमेत अवैधानिक भएको जिकिर गरेका थिए ।

    कमर्चारीहरुले बोर्डको कार्यकारी प्रमुख नियुक्ति सिफारिस सम्बन्धी कार्यविधि, २०८० र नेपाल पर्यटन बोर्ड ऐन २०५२ विपरीत सीइओ छनौट प्रक्रिया अघि बढाइएकाले खारेजीको माग राखेका थिए । अदालतले विपक्षीलाई छलफलमा बोलाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार