Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • २० लाख नगदसहित हुण्डी कारोबारी पक्राउ

    २० लाख नगदसहित हुण्डी कारोबारी पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २३ कार्तिक २०७८
  • 1.1K
    SHARES

    पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले २० लाख नगदसहित एक जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बारा, विश्रामपुर गाउँपालिका ५ नकटुवा बस्ने वर्ष ३१ का चन्दनकुमार साह रहेका छन्।



    पर्सा प्रहरीका अनुसार साहलाई पूर्व सूचनाको अधारमा हिजो दिउँसो साढे १ बजे वीरगंज घण्टाघरबाट आदर्शनगर जादै गर्दा प्रहरीले पक्राउ गरेको हो।



    उनले चलाएको ना.४८ प. ७६९१ नम्बरको मोटरसाइकलचेक जाँच गर्दा उनको साथबाट स्रोत नखुलेको २० लाख नेपाली रुपैयाँ फेला परेको प्रहरीले जानकारी दिएको छ।

    उनीमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा थप अनुसन्धान जारी रहेको पर्सा प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार