Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विश्वकप क्रिकेट: पहिलो सेमिफाइनलमा आज इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै

    विश्वकप क्रिकेट: पहिलो सेमिफाइनलमा आज इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै

    अनलाइन नेपाल
  • बुधबार, २४ कार्तिक २०७८
  • 1.3K
    SHARES

    काठमाडौं। यूएईमा जारी आईसीसी टी-ट्वाण्टी विश्वकप २०२१ को पहिलो सेमिफाइनलमा आज (बुधबार) इंग्ल्यान्ड र न्यूजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।

    आबुधाबीमा हुने खेल नेपाली समयअनुसार राति ७:४५ बजे सुरु हुनेछ ।



    ईओन मोर्गनको कप्तानीमा रहेको इंग्ल्यान्ड तेस्रो पटक टी-२० विश्वकपको फाइनलमा पुग्ने सोचमा छ । केन विलियम्यसनको कप्तानीमा रहेको न्यूजिल्यान्ड पहिलो पटक फाइनलमा पुग्ने योजनामा रहेको छ ।



    इंग्ल्यान्ड सुपर -१२ को समूह-१ बाट पाँच खेलमा चार जित र एक हारसहित आठ अंक जोड्दै शीर्ष स्थानमा रहेर सेमिफाइनल पुगेको हाे ।

    यस्तै, समूह- २ मा रहेको न्यूजिल्यान्ड पाँच खेलमा चार जित र एक हारसहित दोस्रो स्थानमा रहेर सेमिफाइनल स्थान बनाएको हाे ।

    आजको खेलको बिजेताले फाइनलमा अष्ट्रेलिया र पाकिस्तानबीचको बिजेतासँग खेल्नेछ। अष्ट्रेलिया र पाकिस्तानबीचको दोस्रो सेमिफाइनल खेल भोलि हुँदैछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार