Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कालिमाटीबाट १६ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ

    कालिमाटीबाट १६ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २८ कार्तिक २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ । महानगरीय अपराध महाशाखाले सोह्र लाख बिस हजार नगदसहित एक जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सप्तरी जिल्ला मलेपुर गा.पा.५ घर भइ काठमाडौँ कालिमाटी बस्ने २५ बर्षीय अमर नारायण दास रहेका छन् ।



    महाशाखाका अनुसार दासलाई पूर्व सूचनाको अधारमा आज दिउँसो ४ बजे कालिमाटी तरकारी तथा फलफूल बजारबाट पक्राउ गरिएको हो ।



    आइतबार उक्त स्थानमा हुण्डीको कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले उनको साथबाट १६ लाख २० हजार ९ सय नगद बरामद गरेको जनाएको छ ।

    पक्राउ परेका दासलाई  आवश्यक थप कारवाहीको लागि राजस्व अनुसन्धान विभाग पुल्चोक, ललितपुर पठाइएको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार