Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जितपछिको खुशियालीमा अष्ट्रेलियाली खेलाडीहरुले बियर जुत्तामा हालेर पिए, भिडियो बन्यो भाइरल (भिडियोसहित)

    जितपछिको खुशियालीमा अष्ट्रेलियाली खेलाडीहरुले बियर जुत्तामा हालेर पिए, भिडियो बन्यो भाइरल (भिडियोसहित)

    अनलाइन नेपाल
  • सोमबार, २९ कार्तिक २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । टी-२० विश्वकप २०२१ को उपाधि जितेका अष्ट्रेलियाली खेलाडीहरुले जितपछिको खुशियाली मनाउँदा अनौठो सेलिब्रेसन गरेका छन्। यतिबेला  उनीहरुले मनाएको खुशियालीको तस्बिर र भिडियो भाइरल भइरहेका छन् ।

    अष्ट्रेलियाली खेलाडीहरुले मनाएको उत्सवको भिडियो आईसीसीले आफ्नो ट्विटर ह्यान्डलमा पोस्ट गरेको छ।



    अस्ट्रेलियाका खेलाडी म्याथ्यू वेड र मार्कस स्टोइनिसले जितपछि मनाइरहेको सेलिब्रेसन अनौठाे छ । यी जब वेडले आफ्नो जुत्तामा रक्सी पिए, स्टोइनिसले उनको पछाडि उस्तै विजयको उत्सव मनाइरहेको देखियो ।



    यो भिडियो सार्वजनिक भएदेखि नै निकै चर्चामा छ। यसबारे मानिसहरूले विभिन्न कुराहरू पनि गरिरहेका छन् ।

    तर, जुत्तामा मदिरा पिउनुलाई अष्ट्रेलियामा ऐतिहासिक रूपमा राम्रो भाग्य ल्याउने वा यातना वा पार्टीको रूपमा लिइन्छ।

    हेर्नुहोस् भिडियो:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार