Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • परराष्ट्रमन्त्री खड्का र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता, एमसीसीबारे विचारविमर्श

    परराष्ट्रमन्त्री खड्का र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता, एमसीसीबारे विचारविमर्श

    अनलाइन नेपाल
  • शुक्रबार, ३ मंसिर २०७८
  • 2K
    SHARES

    काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्कासँग दक्षिण तथा मध्य एशियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र उपसहायक विदेशमन्त्री केली किडरलिङले शिष्टाचार भेट गरेका छन्।

    भेटमा नेपाल–अमेरिका मैत्री र सहयोगका बृहत् क्षेत्रमा छलफल हुनुका साथै नेपालको विकास प्राथमिकताका विभिन्न विषयसहित महामारीपछिको आर्थिक पुनरुत्थानमा व्यापार र लगानीको भूमिका महत्वपूर्ण हुनेमा उनीहरूबीच छलफल भएको मन्त्रालयले जनाएको छ।



    परराष्ट्रमन्त्री डा खड्काले कोभिड–१९ को महामारीका बेला खोपलगायत अमूल्य चिकित्सा सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद दिए । दुवै पक्षले नेपाल र अमेरिकाबीच लामो समयदेखिको सहयोग र सहकार्यका नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण हुनसक्ने मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसिसी) परियोजनालगायत विषयमा पनि विचारविमर्श गरेको थियो ।



    सहायक विदेशमन्त्रीले परराष्ट्रमन्त्रीलाई अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको बधाई सन्देश सुनाउँदै पारस्परिक हितका विषयमा परराष्ट्र मन्त्रालयसँग मिलेर काम गर्न अमेरिकी विदेशमन्त्री तत्पर रहेको जानकारी दिएका थिए ।

    मन्त्रालयका अनुसार भेटमा नेपालसँगको अमेरिकी सहयोग निरन्तर रहने आश्वासन उनले परराष्ट्रमन्त्रीलाई दिए । नेपालजस्ता जलवायु जोखिममा रहेका पर्वतीय देशमा जलवायु परिवर्तनले पारेको प्रतिकूल असरलाई स्वीकार गर्दै दुवै पक्षले प्रभावकारी जलवायु कार्य, अनुकूलन र न्यूनीकरण उपायका लागि वित्त व्यवस्थापनको आवश्यकताबारे विचार आदानप्रदान गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    दुवै पक्षले बदलिएको अन्तर्राष्ट्रिय परिवेशमा नेपाल–अमेरिका सम्बन्धको गतिशीलताका साथै उच्चस्तरीय भ्रमणको आदानप्रदान, आर्थिक साझेदारी र दुई देशका जनताबीचको सम्पर्कलगायत द्विपक्षीय संलग्नतालाई अगाडि बढाउने उपायबारे छलफल गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार