Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ब्राउन सुगर वितरण गर्ने ‘डिलर’मा प्रहरीको छापा, आमा छोरा पक्राउ, बाबु फरार

    ब्राउन सुगर वितरण गर्ने ‘डिलर’मा प्रहरीको छापा, आमा छोरा पक्राउ, बाबु फरार

    अनलाइन नेपाल
  • आइतबार, ५ मंसिर २०७८
  • 2K
    SHARES

    दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले १९.७१० ग्राम प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित आमा–छोरा पक्राउ परेका छन्।

    तुलसीपुर उपमहानगरपालिका–६ विद्युत पछाडि घर भई तुलसीपुर ५ स्थित माइतीघरमा बस्दै आएकी ३८ वर्षीया सुशीला श्रेष्ठ र उनका १८ वर्षीय छोरा रोहन श्रेष्ठ ब्राउन सुगरका १०० वटा पुरियासहित पक्राउ परेका हुन् ।



    उनीहरुको साथबाट ९९ वटा साना पुरिया र एउटा ठूलो पुरिया गरी १९ ग्राम ७१० मिली ग्राम तौलका एक सय वटा ब्राउन सुगरका पुरिया बरामद भएको प्रहरीले जनाएको छ ।



    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार शनिबार बेलुका प्रहरीले आमा–छोरालाई सँगै बसेर ब्राउन सुगरको पुरिया बनाउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

    अर्यालका अनुसार सुशीला र रोहनले आफ्नो घरलाई ब्राउन सुगर वितरण गर्ने तुलसीपुरको खास डिलर नै बनाएको प्रहरीको दावी छ । डिएसपी अर्यालकै नेतृत्वमा बेलुका पुगेको प्रहरीले श्रेष्ठका आमा–छोरालाई बजारमा पठाउनका लागि ब्राउन सुगरको पुरिया बनाउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो।

    डिएसपी अर्यालका अनुसार सुशीलाका श्रीमान् वसन्त श्रेष्ठले छिमेकी देश भारतबाट ब्राउन सुगर खरिद गरी ल्याउने र घरमा ल्याएर आम–छोराले पुरिया बनाएर ग्राहक खोजेर बेच्ने गरेको खुलेको छ ।

    उनीहरुले एउटा पुरियालाई कम्तीमा एक हजारदेखि १५ सयसम्म बिक्री गर्ने गरेको बयान दिएका छन्। प्रहरीले श्रेष्ठका आमा–छोरा दुवै युजर रहेको समेत बताएको छ। वसन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    उनीहरूलाई पक्राउ गर्नुभन्दा पहिले तुलसीपुर बसपार्कबाट दुई जनालाई पक्राउ गरिएको थियो । ब्राउनसुगरको कारोबार भइरहेको सूचनाका आधारमा जाँच गर्दा तुलसीपुर–५ बसपार्क निवासी २५ वर्षीय धीरज बुढाथोकीको साथबाट ५४० मिलीग्राम र बबई गाउँपालिका–४ घर भई हाल तुलसीपुर–६ बरुवागाउँमा डेरा गरी बस्दै आएका प्रख्यात शाहको साथबाट २६० मिलीग्राम ब्राउनसुगर बरामद भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार