Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सिरहाबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ

    सिरहाबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ६ मंसिर २०७८
  • 1.4K
    SHARES

    रामनारायण यादव/ सिरहा । प्रहरीले ४ ग्रामभन्दा बढी प्रतिबन्धित लागूपदार्थ ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

    ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले नरहा गाउँपालिका वडा नम्वर ३ करेसाबारीबाट लागुपदार्थ ब्राउन सुगरसहित २१ वर्षीय इन्दल यादव र सोही ठाउँ बस्ने २० वर्षीय कपिल महरालाई पक्राउ गरेको हो ।



    प्रहरीले गोप्य सूचनाको आधारमा करेसाबारीमा लागू औषध प्याकिङ गर्ने क्रममा दुबै जनाको साथबाट ब्राउन सुगर ४ ग्राम ५५० मिलिग्रामसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोलबजार प्रमुख (इन्सपेक्टर) सन्तोष कुमार राइले बताए ।



    ब्राउन सुगरसहित पक्राउ गरेका दुबै जनामाथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सुभाष बुढाथोकीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार