Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नगर सरसफाइमा चासो नदेखाएको भन्दै वडाध्यक्षहरुले लगाए मेयरको कार्यकक्षमा ताला

    नगर सरसफाइमा चासो नदेखाएको भन्दै वडाध्यक्षहरुले लगाए मेयरको कार्यकक्षमा ताला

    अनलाइन नेपाल
  • सोमबार, ६ मंसिर २०७८
  • 1.1K
    SHARES

    रामनारायण यादव / जनकपुरधाम । फोहोरको विषय लिएर जनकपुरधाम उप–महानगरपालिकाका वडाअध्यक्षहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले पटक–पटक आग्रह गर्दा पनि मेयरले नगरको सरसफाइका लागि कुनै चासो नदेखाएको भन्दै बाध्य भएर आन्दोलनमा उत्रिएको बताए ।

    उपमहानगरपालिकाको मूल गेट तथा मेयर लालकिशोर साहको कार्यकक्षमा तालाबन्दी गरी वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंह, वडा नम्बर ७ का अध्यक्ष जानकीराम साह सहितकाले तालाबन्दी गरी धर्ना दिएका हुन् ।



    नगरमा थुप्रिदैं गएको फोहोरले दुर्गन्ध बढ्दै गएको उनीहरुको भनाई छ । वडा नम्बर ७ का अध्यक्ष साहले भने, ‘हामीले पटक–पटक मेयरसँग आग्रह गरे पनि कुनै सुनुवाइ नगरेका कारण तालाबन्दी गरेर धर्नामा बसेका हौं ।’



    उनका अनुसार १२ बजेसम्म नगरपालिकाको मूलगेटमा तालाबन्दी गरी धर्ना दिने र मेयरको कार्यकक्षमा ताला यथावत रहनेछ । यसपछि आन्दोलनको अर्को कार्यक्रम सोमबारै साँझ बसेर तय गरिने उनले बताए ।

    सरसफाई सम्बन्धी कुरा गर्न नगरपालिका जाँदा वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंहलाई सरसफाई कर्मचारीले दुर्व्यवहार समेत गरेको साहको भनाई छ । ‘सरसफाई कर्मचारीले वडाअध्यक्षसँग दुर्व्यवहार गरेको भिडियो हामीसँग छ’ उनले भने, ‘सरसफाई नगर्ने र उल्टै हामीसँग दुर्व्यवहार गर्ने ?’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार