Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • एमसीसी र प्रधानन्यायाधीश काण्डले गठबन्धन नटुट्ने प्रचण्डको दावी

    एमसीसी र प्रधानन्यायाधीश काण्डले गठबन्धन नटुट्ने प्रचण्डको दावी

    अनलाइन नेपाल
  • शनिबार, १८ मंसिर २०७८
  • 1.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्, एमसीसी, प्रधानन्यायाधीशलाई महाअभियोग, न्यायालयको विवाद देखाएर पाँचदलीय गठबन्धन नटुट्ने दाबी गरेका छन् ।

    अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रिय सहमतिबाट मात्र अगाडि बढ्ने बताएका उनले जबर्जस्ती गरेर पास नहुने जनाए ।



    शनिबार चितवनमा भएको प्रेस सेन्टरको राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले उनले सत्ता गठबन्धन भत्काउने÷टुटाउने प्रयास भइरहेको स्पष्ट पार्दै लोकतान्त्रिक गणतन्त्र, संविधान र राष्ट्रियताको रक्षा गर्न र प्रतिगमनको विरुद्धमा गठबन्धन बनेको दाबी गरे।



    प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन र एमसीसी पास गर्न संसद अधिवेशन बोलाइएको भन्दै गठबन्धनकै नेताहरुले खुलासा गरिरहेका बेला प्रचण्डबाट यस्तो धारणा सार्वजनिक भएको हो ।

    सरकारले ६ वटा अध्यादेश जारी गरेपछि बिहीबार संसद् अधिवेशन बोलाएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २८ गते दिउँसो २ बजे बस्नेगरी दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार