Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • २३८ जनामा कोरोना पुष्टि हुँदा ३९२ जना संक्रमणमुक्त, ५ जनाको मृत्यु

    २३८ जनामा कोरोना पुष्टि हुँदा ३९२ जना संक्रमणमुक्त, ५ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १८ मंसिर २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २९५ जनामा पीसीआर परीक्षण गर्दा २२० जना र १ हजार ५०२ जनामा एन्टिजेन परीक्षण गर्दा १८ जनामा संक्रमण देखिएको हो ।

    एन्टिजेन र पीसीआर गरी ६ हजार ७९७ परीक्षण गर्दा २३८ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा ३९२ जना संक्रमणमुक्त भएका छन् ।



    नेपालमा हालसम्म कोरोनाबाट ८ लाख २२ हजार ३९२ जना संक्रमित भएका छन् । यस्तै, ८ लाख ४ हजार १०८ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना निको हुने दर ९७।७ प्रतिशत छ ।



    २४ घण्टाको अवधिमा ५ जनाको मृत्यु भएको छ । हालसम्म संक्रमणबाट ११ हजार ५४० जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    हाल देशमा सक्रिय संक्रमितको संख्या ६ हजार ७४४ रहेको छ । यस्तै, ९८ जना क्वारेन्टाइनमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार