Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सर्लाहीबाट १६८ किलो बेवारिसे गाँजा बरामद

    सर्लाहीबाट १६८ किलो बेवारिसे गाँजा बरामद

    अनलाइन नेपाल
  • आइतबार, २६ मंसिर २०७८
  • 1.1K
    SHARES

    सर्लाही । सर्लाहीको मंलगवा नगरपालिका वडा नम्वर ८ शान्ति टोलबाट सशस्त्र प्रहरीले सोमबार १६८ किलो प्रतिवन्धित लागूऔषध गाँजा बेवारिसे अवस्थामा बरामद गरेको छ ।

    विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले बेवारिसे अवस्थमा ६ वटा पोकामा रहेको लुकाएर राखिएको अवस्थामा मंलगवा नगरपालिका वडा नम्वर ८ शान्ति टोलबाट प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता कृष्ण गिरीले जानकारी दिए ।



    ६ वटा पोका बनाएर बिक्रीका लागि तयारी अवस्थामा राखिएको उक्त गाँजा बरामद गरिएको उनले बताए ।



    ठूलो मात्रामा बरामद गरिएको गाँजाको तस्कर गर्ने गिरोह पनि ठूलै हुन सकिने भएकोले यस सम्बन्धमा थप अनुसन्धान कार्य तीब्र पारिएको प्रवक्ता गिरीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार