Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • २६४ जना कोरोना संक्रमित थपिदा २ जनाको मृत्यु, ३६२ जना कोरोनामुक्त

    २६४ जना कोरोना संक्रमित थपिदा २ जनाको मृत्यु, ३६२ जना कोरोनामुक्त

    अनलाइन नेपाल
  • मंगलबार, २८ मंसिर २०७८
  • 6.8K
    SHARES

    काठमाडौं । देशभर थप २६४ जना कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ३९२ पीसीआर र ४ हजार ३१७ जनाको एन्टीजेन परीक्षणका क्रममा २६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    त्यस्तै पछिल्लो २४ घन्टामा थप ३६२ संक्रमित कोरोनामुक्त भएका छन् भने थप २ जना संक्रमितको मृत्यु भएको छ।



    कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५५९ पुगेको छ। देशभर ९६ जना क्वारेन्टाइनमा रहेका छन्। हालः ५ हजार ६८९ जना सक्रिय संक्रमित रहेका छन्।



    मन्त्रालयका अनुसार २४ घण्टामा २ लाख ३६ हजार ४८२ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ । नेपाल कोरोना निको हुने दर ९७।९ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार