Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरोना भाइरस

    ८ हजार जनाको परीक्षण गर्दा १८९ जनामा सङ्क्रमण पुष्टि, २५० जना डिस्चार्ज

    ८ हजार जनाको परीक्षण गर्दा १८९ जनामा सङ्क्रमण पुष्टि, २५० जना डिस्चार्ज

    अनलाइन नेपाल
  • शनिबार, ३ पुष २०७८
  • 993
    SHARES

    फाइल फोटो

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १८९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार ९९७ जनामा कोरोना परीक्षण गर्दा १८९ मा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । यससँगै सक्रिय सङ्क्रमित सङ्ख्या नेपालमा पाँच हजार ४२८ पुगेको छ ।



    यस्तै, पछिल्लो समय थप २५० जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । यससँगै निको  हुनेको सङ्ख्या आठ लाख आठ हजार ८ हजार ६०३ पुगेको छ । निको हुने दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।



    यसैगरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५७२ पुगेको छ ।

    त्यसैगरी पछिल्लो समय एक लाख ११ हजार ९३८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार