Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सिरहामा दुई समूहबीच छुरा हानाहान, एक युवकको मृत्यु

    सिरहामा दुई समूहबीच छुरा हानाहान, एक युवकको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ४ पुष २०७८
  • 1.3K
    SHARES

    सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ मा दुई समूहबीच भएको छुरा हानाहानमा एक युवकको मृत्यु भएको छ । घटनामा अर्का एक जना भाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार छुरा प्रहारबाट घाइते भएका गोलबजार– ६ डोहटियाका करिब २६ वर्षीय रामकुमार सदालाई उपचारका लागि धनगढीमाई नगरपालिका–९ मा रहेको आरके मेरीसीटी अस्पताल पुर्याए पनि उनको मृत्यु भएको हो ।



    यस्तै, घटनामा घाइते भएका सोही ठाउँका १९ वर्षीय निकेश सदाको आरके मेरीसीटी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले दुई समूहबीच झडप भएको र घटनाबारे थप अनुशन्धान भइरहेको जनाएको छ ।



    प्रहरीले घटनामा संलग्नहरूको खोजी गरी रहेको पनि जनाएको छ । घटनाको दोषीलाई कारबाहीको माग गर्दै स्थानीय वासिन्दाले आइतबार दिउँसो गोलबजारमा राजमार्गसमेत अवरुद्ध गरेका थिए ।

    प्रहरीका अनुसार अहिले भने राजमार्गको अवरोध हटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार