Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

    ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ६ पुष २०७८
  • 963
    SHARES

    फाइल : तस्बिर

    काठमाडौँ। लमजुङ मस्र्याङ्दी गाउँपालिका–२ घनपोखरामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    घनपोखराको घिम्राङबाट गएराति खुदीतर्फ आउँदै गरेको ग १ त ६११४ नं को ट्याक्टर घिम्राङ गाउँमुनी सडकबाट खोलामा खस्दा ट्र्याक्टर चालक सोही पालिका–९ सिम्पानीका २४ वर्षीय सन्देश विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।



    रातिको समयमा ट्रयाक्टर चलाउदा सडकबाट करिब २०० मिटर तल खस्दा चालक विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । मृतकको शवपरीक्षणको लागि बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला अस्पतालमा राखिएको छ ।रासस 



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार