Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रामकुमार हत्या प्रकरण: यी हुन् पक्राउ परेका पाँच अभियुक्तहरु

    रामकुमार हत्या प्रकरण: यी हुन् पक्राउ परेका पाँच अभियुक्तहरु

    अनलाइन नेपाल
  • बुधबार, ७ पुष २०७८
  • 1.5K
    SHARES

    रामनारायण यादव / सिरहा । प्रहरीले रामकुमार सदाको हत्या आरोपमा ५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पुस ३ गते भएको घटनामा दुई जनालाई छुरा प्रहार गरिएको थियो ती मध्य एक जना सदाको मृत्यु भएको थियो ।

    पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका वडा नम्वर २ का २२ वर्षीय भुवन प्रसाद महतो, वडा नम्वर ६ का १९ वर्षीय श्रवण कुमार मण्डल, २० वर्षीय कालु भन्ने रोहन विश्वकर्मा, १८ वर्षीय सौकात खान र १९ वर्षीय धर्मेन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए ।



    गत शनिवार राति करिब साढे ८ बजे गोलबजार नगरपालिका वडा नम्वर ६ मा दुई समुहबिच विवाद भएको थियो । सोही विवादमा दिपक साह लगायतका समुहले छुरा प्रहार गरेपछि वडा नम्वर ६ डोहटियाका २६ वर्षीय राम कुमार सदा र रिकेश सदा घाइते भएका थिए ।



    घाइतेहरुलाई भूमिजा अस्पताल गोलबजार लगेकोमा थप उपचारको लागि आर.के. मेडिसिटी अस्पताल धनगढी लगेकोमा उपचारको क्रममा रामकुमार सदाको मृत्यु भएको र रिकेश सदाको उपचार भईरहेको प्रवक्ता बुढाथोकीले जानकारी दिए ।

    शनिवार गोलबजार नगरपालिका वडा नम्वर ६ स्थित लक्ष्मी मन्दिर देखि पश्चिमतर्फ जाने सार्वजनिक बाटोमा हो–हल्ला गर्दै आफ्नो घरतर्फ जादैं गरेको राम प्रसाद सदा लगायतको समुहलाई दिपक साह लगायतको समुहले किन हो–हल्ला गरेको ? हल्ला नगरी आफ्नो घर जानु भने पश्चात विवाद भई झगडा भएको थियो ।

    घटना पश्चात स्थानीयहरुले आन्दोलन गर्दै राज्यमार्ग आवरुद्ध गरेका थिए । सोही प्रदर्शनको क्रममा प्रहरी तथा स्थानीयहरु घाइते भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार