Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • छिमेकीको हत्या आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ

    छिमेकीको हत्या आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ८ पुष २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    सल्यान । जिल्लाको दार्मा गाउँपालिका-२ पाजाखोलाका टेकबहादुर खत्रीको मृत्यु प्रकरणमा प्रहरीले वडाध्यक्षसहित चार जनालाई पक्राउ गरेको छ।

    गत मंसिर २० गते छिमेकीको विवाह भोज खान गएका ७० खत्री सोही गाउँपालिकाको पाजाखोलामा मृत अवस्थामा भेटिएका थिए । उनको मृत्यु रहस्यमय भएपछि प्रहरीले वडाध्यक्षसहित चार जनलाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा अध्यक्ष डा डिल्लीबहादुर केसी, स्थानीय ३६ वर्षीया रामबहादुर खत्री, ४७ वर्षीय कुलबहादुर खत्री र २८ वर्षीय लक्ष्मण केसी रहेका छन् ।



    जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार खत्री वडाध्यक्ष केसीले चलाएको मोटरसाइकलमा चढेर भोज खान गएको र मृतकलाई गोठमा लगेर राख्न स्थानीयले सहयोग गरेको खुल्न आएपछि पक्राउ गरिएको हो।

    आरोपी सबैलाई ईलाका प्रहरी कार्यालय थारमारेको हिरासत कक्षमा राखेर अनुसन्धान प्रहरीले जनाएको छ। खत्री वडाध्यक्ष केसीले चलाएको मोटरसाइकलबाट लडेर मृत्यु भएको आफन्तले बताउँदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार