Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • माओवादीमा पदाधिकारी २५ पुर्‍याउन प्रचण्डको प्रस्ताव

    माओवादीमा पदाधिकारी २५ पुर्‍याउन प्रचण्डको प्रस्ताव

    अनलाइन नेपाल
  • शुक्रबार, ९ पुष २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको पदाधिकारीको संख्या बढाउने भएका छन् । अध्यक्ष प्रचण्डले पदाधिकारीको संख्या १५ बनाउने प्रस्ताव गरेका छन् ।

    पेरिसडाँडास्थित पार्टी कार्यालयमा शुक्रबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले पदाधिकारी संख्या १५ पुर्‍याउन प्रस्ताव गरेका हुन्।



    स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले अध्यक्षका साथै उपाध्यक्ष, महासचिव र सचिव पद राख्ने प्रस्ताव गरेका छन् ।



    हालको अन्तरिम विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव एकएक जना मात्र रहने व्यवस्था छ । तर तल्लो तहका कमिटीहरूमा पदाधिकारी संख्या बढाएकाले केन्द्रमा पनि थप्न विधान संशोधन समिति बनेको छ ।

    अध्यक्ष प्रचण्डले कुन पदमा कति जना सदस्य राख्ने भन्ने भोलि शनिबारको बैठकमा छलफल हुने बताएका छन्

    आइतबारदेखि सुरु हुने राष्ट्रिय सम्मेलनले माओवादीभित्र अध्यक्षसहित नेतृत्व चयन गर्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार