Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सिरहामा सीके राउतका कार्यकर्ता र प्रहरीबीच झडप, दर्जनौं गाडीमा तोडफोड (तस्बिरहरु)

    सिरहामा सीके राउतका कार्यकर्ता र प्रहरीबीच झडप, दर्जनौं गाडीमा तोडफोड (तस्बिरहरु)

    अनलाइन नेपाल
  • आइतबार, ११ पुष २०७८
  • 2.5K
    SHARES

    रामनारायण यादव / सिरहा । जनमत पार्टीका कार्यकर्ताहरुले आमहडतालको नाममा दर्जनौं गाडीमा तोडफोड गरेका छन् । किसान रिहाइको माग गर्दै आइतबार बिहानदेखि आमहडतालको नाममा सडकमा उत्रिएका बन्दकर्ताले सिरहाको गोलबजार र मिर्चैयामा दर्जनौं गाडीमा तोडफोड गरेका हुन् ।

    गाडीहरू तोडफोड हुन थालेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा दुवै पक्षबीच झडप समेत भएको छ । बन्दकर्तालाई तितरवितर पार्न प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको थियो ।



    जनमतका कार्यकर्ता लाठी बोकेर सडकमा उत्रेपछि पूर्व–पश्चिम राजमार्गमा सवारी चल्न सकेको छैन । बिहान केहीबेर गाडी चले पनि अहिले पूर्णरुपमा ठप्प भएको छ ।



    आमहड्तालका कारण अत्यावश्यक बाहेक शैक्षिक संस्था, बजार, उद्योग, कलकारखाना र यातायात ठप्प छ । सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले भने राजमार्ग संचालनमा रहेको दाबी गरे । उनले आन्दोलनकारीले तोडफोड गरेको सवारीको विवरण आउन बाँकी रहेको बताए ।

    औरही गाँउपालिकाले थन्क्याएर राखेको गहुँको बीउ किसानहरुले लुटेका कारण गाउँपालिकाले चार किसानमाथि जिल्ला प्रहरी कार्यालय सिरहामा मुद्दा दर्ता गराएको छ र प्रहरीले एक किसानलाई पक्राउ समेत गरेका छन् । उक्त घटनाको विरोधमा जनमत पार्टीले आन्दोलन घोषणा गरेको हो ।

    पक्राउ परेका किसानलाई रिहा, दर्ता भएको मुद्दा फिर्ता, औरही गाँउपालिकामा भएको भ्रष्टाचारको छानबिन, किसानलाई सहज रुपमा मलखाद उपलब्ध नगराए अझ कडा आन्दोलनको घोषणा गर्ने जनमत पार्टीका कार्यकर्ताहरुको माग रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार