Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सिके राउतले भने – विदेशी पैसा आउँछ भनेर नेताहरुले नै देश डुबाइरहेका छन्

    सिके राउतले भने – विदेशी पैसा आउँछ भनेर नेताहरुले नै देश डुबाइरहेका छन्

    अनलाइन नेपाल
  • बिहिबार, १६ कार्तिक २०८०
  • 213
    SHARES

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले शीर्ष तहका नेताहरुले विदेशी पैसा आउँछ भनेर देशलाई डुबाइरहेको आरोप लगाएका छन् ।

    बिहीबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष राउतले यस्तो बताएका हुन् । अध्यक्ष राउतले देश टाइटनिक बोट जस्तै डुबिरहेको बताए।



    अध्यक्ष राउतले भने, ‘देश टाइटनिक डुबेजस्तै डुब्दै छ । यो डुबाउने चालकहरु नै हुन् । जसले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेका छन्। आफू सुरक्षित रुपमा टाइटनिक बोटमा जोगिरहेका छन् ।’



    प्रतिशोध साँध्नका लागि सरकारबाट पक्राउ गर्ने कुरा राम्रो नभएको भन्दै उनले देशमा जनताका लागि लोकतन्त्र नभएको बताए । अँध्यारो कोठामा तीनजना नेताले गरेको निर्णयलाई सार्वभौम सत्ता सम्पन्न भन्न नसकिने उनले बताए ।

    चियापान समारोहमा बोलाएर नयाँलाई सक्ने भाषण दिनु ठूला दलको लाचारीपन भएको उनको भनाइ छ । अध्यक्ष राउतले संसद् यसरी नै चलिरहे व्यवस्थामाथि प्रश्न गर्ने पर्याप्त आधार रहने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार