Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सिके राउतको चेतावनी- बजेट संशोधन नभए पास हुन दिँदैनौँ

    सिके राउतको चेतावनी- बजेट संशोधन नभए पास हुन दिँदैनौँ

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 813
    SHARES

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सांसदहरूको मागअनुसार बजेट संशोधन नभए बजेट पास हुन नदिने बताएका छन् ।

    सोमवार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै अध्यक्ष डा.राउतले यस्तो चेतावनी दिएका हुन् ।



    पूर्वाधार विकास समितिले सुझावसहित बजेट संशोधनको प्रस्ताव लैजानुपर्ने उनको माग छ । एक जना मन्त्रीले मात्रै बजेट बनाउने भए २७५ सांसदहरूको आवश्यकता नभएको भन्दै राउतले निर्वाचित भएर आएका सांसदहरूको कुरा सरकारले सुन्नुपर्ने तर्क गरे ।



    उनले सरकारले सांसदहरूका कुरा नसुने बजेटलाई पारित हुन नदिने अधिकार सांसदहरूलाई रहेको भन्दै सत्तापक्ष र प्रतिपक्षका संसदहरुले आफ्नो अधिकार उपयोग गर्न आग्रह समेत गरे ।

    यसअघि माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का सांसदहरुले बजेट यथास्थितिमा पारित गर्न नसकिने अडान राखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार