Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सीके राउतको टिप्पणी– बजेट ल्याइएको होइन, चार यारहरूले लुटेको जस्तो देखिन्छ

    सीके राउतको टिप्पणी– बजेट ल्याइएको होइन, चार यारहरूले लुटेको जस्तो देखिन्छ

    अनलाइन नेपाल
  • शुक्रबार, १ असार २०८०
  • 990
    SHARES

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले आर्थिक वर्ष २०८०र८१ को बजेट ल्याईएको नभएर लुटिएको टिप्पणी गरेका छन् ।

    शुक्रबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले यस्तो धारणा राखेका हन् ।



    बैंक लुटे जसरी चार यारहरुले बजेट लुटेको र अध्याँरो कोठामा गएर भागबण्डा गरेको भन्दै सरकारको जुट्ने क्रम जारी रहेको उनको भनाई छ । उनले वैशाखमा बारामा मतपेटिका लुटेदेखि अहिले जेठमा आएर बजेट लुट्ने काम सरकारले गर्दै आएको उल्लेख गरे ।



    राउतले भने, ‘बजेट बनाएको, ल्याएको होइन । बजेट लुटेको हो जस्तो स्पष्ट देखिन्छ । जसरी बैंक लुट्दाखेरी चार यारहरूले बैंक लुटेर लग्छन् । त्यसरी बजेटलाई चार यारहरूले लुटेर गएका जस्ता देखिन्छन् ।’

    अध्यक्ष राउतले बजेटको सम्बन्धमा दिइएका कुनैपनि सुझावहरु कार्यान्वयन नभएको भन्दै यसो हुनु संसद र सांसदहरूको निरीहता भएको राउतको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार